मुखै खोलेर मागेपछि पूर्व राष्ट्रपतिले ६० लाख पाउने भए


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १३ सोमवार २०:१८ बजे

मुखै खोलेर मागेपछि पूर्व राष्ट्रपतिले ६० लाख पाउने भए

काठमाण्डौ
भदौ १३
प्रोस्टेट क्यान्सर रोग लागेका पूर्व राष्ट्रपति रामवरण यादवलाई अमेरिका गई उपचार गर्न लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । यादव केही साताभित्र उपचारका लागि अमेरिका जादै हुनुहुन्छ ।

url

उहाँलाई ६० लाख रुपैया अग्रिम भुक्तानी दिने र उपचारको सम्पूर्ण खर्च ब्यहोर्ने निर्णय मन्त्रीपरिषद्ले गत साता गरेको हो । त्यसबाहेक यादवलाइ दैनिक ३ सय डलर भत्ता, अमेरिका आउन जान विजनेश क्लासको हवाइ टिकटका साथै उहाँसंगै जाने ३ जना सहयोगीलाई हवाइ टिकट र प्रतिब्यक्ति दैनिक १ सय ५० डलर भत्ता दिने निर्णय सरकारले गरेको हो । भातरमा केही समयअघि परिक्षणका क्रममा यादवलाई प्रोस्टेट क्यान्सर भएको देखिएको थियो । पूर्व राष्ट्रपति यादवले त्यसको शल्यक्रियाका लागि अमेरिका जाने भन्दै सरकारसंग उपचार खर्च माग गर्नुभएको थियो । यसअघि भारतमा स्वास्थ्य परिक्षण गर्न जाँदा पनि सरकारले उहाँलाई १० लाख रुपैया दिएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार