सरकारले बिदा नदिएपनि पृथ्वी जयन्तीको तामझाममा राजावादीदेखी लोकतन्त्रवादी पनि


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २७ बुधवार ०७:४७ बजे

सरकारले बिदा नदिएपनि पृथ्वी जयन्तीको तामझाममा राजावादीदेखी लोकतन्त्रवादी पनि

२७ पौष,
काठमाण्डौ ।

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै छ । लोकतन्त्र स्थापना पछि भने पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा सरकारले सार्वजनिक बिदा दिन छाडेपनि जनस्तरमा भने यो दिवस मनाइन्छ ।

लोकतन्त्रको स्थापनापछि गठन भएको तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वी जयन्ती नमनाउने निर्णय गरेर सार्वजनिक विदा कटौटी गरेपनि जनस्तरमा भने मनाउने गरिन्छ । सार्वजनिक विदा दिनुपर्ने माग चौतर्फी रुपमा उठेको भए पनि सरकारले परिवर्तित राजनीतिक परिस्थितिमा सार्वजनिक बिदा दिनु भने उपयुक्त नहुने बताउँदै आएको छ । सार्वजनिक बिदा नदिइएको भए पनि पृथ्वीनारायणको प्रशंसा गर्नेको संख्या भने बढ्दै गएको छ । सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती नमनाउने भए पनि सरकारमै रहेका दल एवं नागरिकस्तरमा भने विभिन्न कार्यक्रम गरी यो दिवस मनाउदै छन् । नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् ।

पृथ्वी नारायण नेपाल एकीकरण गरेर जति चर्चित छन् त्यत्तिकै चर्चा उनको दिव्य उपदेशको हुने गरेको छ । उनलाई धेरैले दूरदर्शी राजाको रुपमा प्रशंसा गर्ने गर्दछन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार