भित्तो लिप्ने विषयमा पिकेका छात्राहरुबिच कपाल तानातान


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २६ मंगलवार ०७:०० बजे

भित्तो लिप्ने विषयमा पिकेका छात्राहरुबिच कपाल तानातान

पुस २६
काठमाडौं ।

बागबजारस्थित पद्म कन्या क्याम्पसमा सत्तारुढ घटक नेपाली कांग्रेस र माओवादी केन्द्र निकट छात्राहरुबीचको झगडामा दुवैतर्फका केहि विद्यार्थी घाइते भएका छन् ।

दुइ विद्यार्थी संगठनबीच आइतबार झडप भएको हो । झडपमा परी नेविसंघकी नेतृ सीता मिजार तथा क्रान्तिकारीकी इकाइ अध्यक्ष वषन्ता भण्डारी, सदस्यहरु दर्सना नेपाली, दिपा जोशी र सरिता श्रेष्ठ घाइते भएका छन् ।

स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि गरेको भित्ते लेखनका विषयलाई लिएर झडप भएको घाइतेहरुले बताएका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार