कविता
सोनाम सज्जन किराती
दुई अक्षरले बनेको
दुई शब्द यति प्यारा छन्
साथै सस्तोमा पनि
उत्तिकै सस्तो
अति नै सस्तो
अनि त्यो भन्दा सस्तो हुने ठाउँ नभएर
कसैको लागी त बेमत्लब नै बनेको छ
मात्र होईन
चासो, वास्ता कौतुहलता
केहि गरेको पाइँदैन
खै किन हो त्यसको जिम्मेवार को छन् ?
मलाई पनि थाहा हुन सकेको छैन
त्यसैले अब शब्दशरुको बारेमा लेखौँ
मत्र होइन
शब्द आफै बोलोस
र बोल्छु पनि
ती दुई शब्द हुन
प्रेम अनि गोलि
यी मिसिएरै बोलिमा आउँछन्
जहाँ जाउँ जता पुगौ
यहि शब्द ठोकिन्छन्
मानिसको जिब्रोमा भुण्डियर नै रहन्छन्
चाहे देशभित्र होस
वा पराई देश नै किन नपुगियोस
आप्mनै परिवार र समाज समेत
यी दुई शब्दले पलभर छोड्दैनन्
र पनि मैले यो कुरा अझ बुझ्न सकेको छैन
जहाँ सम्म लाग्छ आफुले भन्नै पर्दा
मन किन नहोस
मस्तिस्कदेखि ह्दय सम्म
सबले यो कुरा अटाईएकै हुन्छ
तर यस मानेमा मात्र सजाउनु पर्छ
प्रेम
प्रेमको अर्थ
माया
माया भन्नु
समाजलाई बाँध्ने
अदृश्य बन्धन
तर यसलाई फेसन मानेर
यो बेगर जिउन नसक्ने
पाखण्डीपन सोँचेर
यत्र तत्र गलत यात्रा रोज्छन्
मानिसका लागी सच्चाइ कुरा
मात्र सिर्जनात्मक हुन्छ
बस त्यो सोँच्न बाध्य भए पुग्छ
त्यतातिरको यात्रा रोजी दिए हुन्छ
भनिन्नछ बोलिमा टुङ्गो नभए
अनाबश्य गोलि पनि खाईन्छ
यसमा कति बिश्वास छ
त्यो त बोलिमै सीमित होला
विश्वमातकै कुरा गर्दा
यो पनि दुई अक्षरकै शब्द हो
यो बाट मृत्यु खबरिन्छ
घाईते अपाङ्ग भईन्छ
त्यसैको डरले
मनिस त के जिउन र अनुभूत गर्ने सबै प्राणी
सावधानी रहन चाहान्छन्
तर कसै कसैले भने
यो भन्दा अरु केहि होईन ठान्छन्
मात्र यो रिबल्भरको सहाराले पड्किन्छ
गर्जिदै चोट पुर्याउँछ
धुजा धुजा छिया छिया पारेर
जीवन लिला समाप्त गर्न सक्छ
त्यसकारण यसमा जति धेरै भर नपरेर
विवेकले कदम चाल्नु पर्छ
कहाँ एम गर्ने
कहाँ नगर्ने
सबै बुद्धिले सोँच्नु पर्छ
होसमा रहँदै होस गुमाायो भने
प्रेमलीला समाप्त हुन सक्छ
यसकारण प्रेम र बुद्धि
गोलि र जीवन
यसका समिश्रित असल नतिजा खोज्नु पर्छ
त्यो चेतनाले पाउन सक्छ
विवेकले मात्र जुटाउन सक्छ
त्यो रजाई साथ रक्षाको जिम्मा
चेतनशील जीवनले मात्रै पुरा गर्न सक्छ
त्याहाँ नयाँ सोच र शिक्षा जन्मिने छ
रिबल्भरको टुप्पोमा समेत
कमलको फूल हाँसी हाँसी फुल्न सक्छ
दरिद्रताले गुज्रिएको थुप्रै जिन्दगीहरु
दासताबाट मुक्त भएर
नाची नाची जिउन पाउनेछ
त्यो हाँसो र नाचलाई कसैले घृणा गर्ने छैन
त्यो सदैब बाँचि रहने छ
बस शान्तिको प्रज्वलित दियो त्यो बखत
कुनै पनि आँधीले निभाउँन सक्ने छैन ।
सोनाम सज्ज्न किरातीको कविता संग्रह नपुसंक स्वर्गको विरुद्ध आगोबाट
