पद नपाएको भन्दै पेरिसडाँडामा रुवाबासी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस ११ सोमवार ०७:३९ बजे

पद नपाएको भन्दै पेरिसडाँडामा रुवाबासी

११ पुस,
काठमाडौं ।

नेकपा माओवादी केन्द्रमा अहिले पद बाँडफाडको विषय निकै विवादीत बनिरहेको छ । ३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाए पनि पदको भाग नपाएर कोकोहोलो मच्चाउने धेरै छन् ।

पद नपाएर रडाको मच्चाउनेमध्येकी एक हुन्, नेतृ शशी श्रेष्ठ । नेतृ श्रेष्ठले केन्द्रीय समिति वैठकमा आफूलाई हेडक्वार्टरको कार्यालय सदस्य नबनाएको भन्दै रुवाबासी गरेकी थिइन् । उनले ‘पम्फाहुँदा म किन नहुने’ भनेर असन्तुष्टि पोखेकी थिइन् । आजको प्रकाशित साँघु साप्ताहिकमा समाचार छ ।

‘पार्टीको हरेक काममा आफूलाई खरो रुपमा उतार्दै आएकी छु ।’ श्रेष्ठको भनाईलाई उदृत गर्दै एक माओवादी नेताले भने, ‘तर मलाई अहिले के कारण हेडक्वार्टर सदस्य बनाइएन रु अब पार्टीमा वस्नुको अर्थ देखेको छैन ।’


प्रतिक्रिया

सम्बन्धित समाचार