कांग्रेस नेता गुरुङ भन्छन पूर्वराजालाई बोल्ने अधिकार छ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस ११ सोमवार ०७:२७ बजे

कांग्रेस नेता गुरुङ भन्छन पूर्वराजालाई बोल्ने अधिकार छ

११ पुस,
काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई विभाजनबाट बचाउन आग्रह गर्नु स्वभाविक भएको नेपाली कांग्रेसका पाका नेता कुलबहादुर गुरुङको तर्क छ ।

‘समय छउन्जेल केही नगर्ने र समय ढल्केपछि कारबाही गर्छु भन्दै धम्की दिने कुरा कांग्रेसको प्रजातान्त्रिक विधिविपरीत छ’ गुरुङले भने, ‘पूर्वराजा या कसैको पनि अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज पुर्‍याउन हुदैन ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई विभाजनबाट बचाउन आग्रह गरेलगत्तै दरबार हत्याकाण्ड छानबिन गर्न सकिने भनी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भनेकोप्रति गुरुङसहित कांग्रेसकै केही नेताहरुले आपत्ति जनाएका छन् ।आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार