रोनाल्डोले फुटबल नखेल्ने !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ११ शनिवार १५:२३ बजे

रोनाल्डोले फुटबल नखेल्ने !

काठमाण्डौ
भदौ ११
युरोकपको फाइनल खेलमा घुडाको चोटले ग्रस्त भएका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय टोलीमा पर्न असफल भएका छन । सेप्टेम्बर ६ बाट शूरु हुन लागेको विश्व कप छनोटको पहिलो खेलमा उनी घुडाँकै चोटका कारण टिममा नपरेका हुन ।

ronaldo

गत जुलाईमा आयोजक फ्रान्सलाई १–० ले हराउँदे पहिलोपटक युरोकपको उपाधि उचालेको पोर्चुगलले त्यसयता कुनै पनि खेलमा आफ्ना कप्तान रोनाल्डोको साथ पाउन सकेको छैन । रोनाल्डो विनाको पोर्चुगलले आगामी बिहीबार हुने मैत्रीपूर्ण खेलमा जिब्रालटारसंग प्रतिष्पर्धा गर्दैछ । पोर्चुगलले विश्वकप छनोटको पहिलो खेल सेप्टेम्बर ६ मा स्वीट्जरल्याण्डविरुद्ध खेल्नेछ । पछिल्ला बर्षहरुमा रोनाल्डोले पोर्चुगललाई लगातार विश्वकपमा छनोट गराँउदै आएका छन ।
उता स्पेनले पनि विश्वकप छनौटका लागी राष्ट्रिय टोलीको घोेषणा गर्दा स्टार खेलाडीलाई समेट्न सकेको छैन । पछिल्लो समय युवा खेलाडीलाई मुख्य प्राथमिकताका साथ टोलीमा समेट्न थालेपछि स्पेनले पुराना र अब्बल खेलाडीलाई पछिल्ला दुई बर्षयता टिममा राख्न छाडेको हो । यसक्रममा पूर्व कप्तान तथा अब्बल गोलकिपर इकर कासिलास, सेस फाब्रिगास र पेड्रो विश्व कप छनौटको टोलीमा पर्न असफल भएका छन । नयाँ प्रशिक्षक युलेन लोपेटेगीले सार्वजनिक गरेको राष्ट्रिय टोलीमा स्टार स्ट्राइकर डियगो कोस्टा, फर्नान्डो टोरेस र माटाले भने पुनरागमन गरेका छन । यसअघि यी तिनै जना युरोकपको टोलीमा पर्न असफल भएका थिए । स्पेनले विश्व कप छनौटको पहिलो खेलमा लिकटेन्सटाइनसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि उसले आउँदो बिहीबार बेल्जियमसंग मैत्रीपूर्ण खेल खेल्नेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार