प्रचण्ड हेराई– एमालेको आन्दोलन तुक बिनाको आन्दोलन !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २ शनिवार १८:०७ बजे

प्रचण्ड हेराई– एमालेको आन्दोलन तुक बिनाको आन्दोलन !

काठमाण्डौ
पुस २

प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल, पहाड र मधेशलाई एकताबद्ध गर्न संविधान संशोधन प्रस्ताव ल्याइएको दाबी गर्नु भएको छ । साथै उहाँले चुनावको वातावरण तयार पार्न पनि संशोधन प्रस्ताव महत्वपूर्ण हुने बताउनु भएको छ ।

प्रेस सेन्टर नेपाल चितवन शाखाको आयोजनामा चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले अहिले संविधान संशोधनको विषयलाई लिएर एमालेले आन्दोलन गर्नुको कुनै तुक नभएको समेत जिकिर गर्नुभयो । उहाँले विगगतमा कांग्रेस र एमालेले ल्याएको प्रस्तावलाई अहिले सरकारले संशोधनको रुपमा ल्याएकाले यससलाई स्वीकार गर्न प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह पनि गर्नुभयो । प्रधानमन्त्री दाहालले नयाँ संरचना अनुसार नै चुनाव हुने बताउँदै यसमा दलहरुबीच छलफल गरेर समझदारी गरिने पनि स्पष्ट पार्नु भएको छ । उहाँले चितवनबासीका लागि सरकारको तर्फबाट विशेष प्याकेज ल्याउने तयारी भइरहेको जानकारी समेत दिनु भयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार