पूरानै नक्सा बोकेर जनताको घरदैलो ढुक्ने रामचन्द्र चाहना !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २ शनिवार १८:०४ बजे

पूरानै नक्सा बोकेर जनताको घरदैलो ढुक्ने रामचन्द्र चाहना !

काठमाण्डौ
पुस २

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुख्य तीन दल र मधेसी मोर्चाबीच प्याकेजमै सहमति हुनुपर्ने बताउनु भएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै पौडेलले संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका मूख्य तीन दल र मधेसी मोर्चाबीच स्थानीय निकायको निर्वाचनका साथै संविधान संशोधनको विषयमा सहमति गरेर मुलुकलाई निकास दिनुपर्ने बताउनु भएको हो ।

तराईका जनताको भावनालाई समेटनुपर्ने भन्दै नेता पौडेलले संविधान संशोधनको विषयलाई लिएर यतिखेर रोल्पा, प्यूठानको जनतालाई पर्नसक्ने मर्कालाई पनि ध्यानमा राख्र्नु पर्ने बताउनु भयो । नेता पौडेलले पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनमा कतिपय पहाडी जिल्लाका बासिन्दालाई चित नबुझेको र तराईका आठ जिल्लाको प्रतिवेदनसमेत नआएकोले स्थानीय निकायको निर्वाचन पुरानै संरचनामा गर्नुपर्ने पनि जिकिर गर्नुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार