पूरानै शैलीको सपना देख्दै देउवा दाई !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २९ बुधवार १९:३१ बजे

पूरानै शैलीको सपना देख्दै देउवा दाई !

काठमाण्डौ
मंसिर २९

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुनसक्ने भएकाले पुरानै संरचनामा निर्वाचन गर्ने तयारी थालिएको बताउनुभएको छ ।

नेपाल महिला सङ्घ केन्द्रीय समितिले आज चितवनमा गरेको निर्वाचन तथा महिला अधिकारसम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटन गर्दै उहाँले यसबारेमा आफूले नेकपा (एमाले)का अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेको बताउनुभयो । विसं. २०७४ माघभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले दलहरुबीचमा सहमति गरेर अगाडि जानुपर्ने उहाँले बताउनुभयो । संविधान संशोधन प्रस्तावमार्फत् चित्त नबुझेकाको माग पूरा गरेर संविधान कार्यान्वयन गर्ने उद्देश्यका साथ प्रस्ताव लगिएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार