श्यामसुन्दर पुडासैनी
काठमाण्डौ
मंसिर २९
सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने भनेपनि अझै सार्वजनीक गरेको छैन । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरपनि अझै सार्वजानीक नगरिएक हो ।

मन्त्रीपरिषद् गठन भएको ४ महिनासम्म सम्पत्ति विवरण गोप्य राखिएको भन्दै जनस्तरमा तिव्र आलोचना भएपछि प्रधानमन्त्री लगायतका सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण आफ्नो वेबसाइटमार्फत् सार्वजनिक गर्ने चलन छ । यस अघिका सरकारमा रहेका मन्त्रीहरुले सम्पत्ति विवरण यसैगरी सार्वजनिक गर्ने परम्परा थियो । पटक पटकको विस्तारपछि प्रधानमन्त्री पुष्कपमल दाहाल नेतृत्वको जम्बो मन्त्रीपरिषदमा दुई उपप्रधानमन्त्री, मन्त्री र राज्य मन्त्री गरी ४१ सदस्ययी छ । तर ति कसैको पनि सम्पत्ति विवरण आजसम्म सर्वाजानीक गरिएको छैन । आधिकारिक वेब साईटमा प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पति विवरण कोलममा ‘कमीङ सुन’ लेखिएको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पदधारण गरेका प्रधानमन्त्रीसहित उच्चपदस्थ पदाधिकारीहरुले पदमा बहाल भएको ६० दिनभित्र अनिवार्य रुपमा सम्पत्ति विवरण बुझउनुपर्छ । र पारदर्शीता र सुशासनको लागी सरकारले त्यसलाई सार्वजानीक गर्नुपर्छ । तर त्यसलाई वर्तमान सरकार आफैले पालना नगरेको हो ।
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजानकि गर्ने मन्त्रीपरिसदले निर्णय गरिसेकोले छिट्टै सार्वजानीक गर्ने कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजयशंकर नायकले दावी गर्नुभयो । यस्तै प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव दामोदर रेग्मीले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजानीक गर्ने तयारी भएको भएपनि कहीलेसम्मा साजर्वजानीक हुन्छ भन्ने अनिश्चीत रहेको बताउनुभयो ।
