प्रचण्ड,देउवासँग एउटा कुरा विपक्षी साथीहरुसँग अर्कै कुरा केपी ओलीको


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २८ मंगलवार १६:३० बजे

प्रचण्ड,देउवासँग एउटा कुरा विपक्षी साथीहरुसँग अर्कै कुरा केपी ओलीको

काठमाण्डौ
मंसिर २८

प्रधानमन्त्री पुष्पकमल दाहाल सहित प्रमुख तीन दलका शीर्ष नेताबीच आज बिहान संविधान संशोधन, निर्वाचनलगायत विषयमा छलफल भएको छ ।

उनीहरुबीच छिट्टै अर्को बैठक बसी विद्यमान राजनीतिक समस्याबारे समाधान खोज्ने सहमति भएको बैठकपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताउनुभयो । उहाँले संविधान संशोधन प्रस्ताव फिर्ता लिन लागिएको हो भन्ने पत्रकारको प्रश्नमा अहिले फिर्ता नहुने जनाउनुभयो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गराउने र निर्वाचनसम्बन्धी कानुनको तर्जुमा लगायत विषयमा गम्भीर छलफल भएको प्रतिक्रिया दिनुभयो । सरकारले मंसिर १४ गते संविधान संशोधन विधयेक दर्ता गराएको छ । सो विधयकेमा मुख्य विपक्षी एमालेले असहमति जनाउदै सडक र सदन दुवैमा आन्दोलन गरिरहेको छ । केही दिनअघि सभामुख ओनसरी घर्तीले पनि जारी गतिरोरोध अन्त्य र त्यसका लागि सकारात्मक पहल गर्न प्रधानमन्त्री  दाहालसँग आग्रह गर्नुभएको थियो ।
यसैबिच, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित प्रतिपक्षी दलहरुले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता लिएमात्र अन्य राजनीतिक सहमति हुन सक्ने निर्णय गरेका छन् । एमोको आह्वानमा आज सिंहदरबारस्थित उसकै संसदीय दलको कार्यालयमा बसेको एमालेसहित नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायत संविधान सशोधनको विपक्षमा रहेका दलहरुको बैठकले निर्वाचनको कार्यक्रम अगाडी बढाउन सबैभन्दा पहिले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार