क्रिकेटमा चाँहि भारत महाभारत नै हो है !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २७ सोमवार १३:४० बजे

क्रिकेटमा चाँहि भारत महाभारत नै हो है !

काठमाण्डौ
मंसिर २७

इंग्लण्डविरुद्धको पाँच टेस्टको सिरिजमा भारतले फराकिलो अन्तरको जित निकालेको छ । भारतको वानखेडे स्टेडियमा भएको टेस्ट क्रिकेटमा भारतले एक पारी र ३६ रनको फराकिलो अन्तरको जित निकालेको हो । योसँगै पाँच टेस्ट सिरीजमा भारतले ३–० को जित निकालेको छ ।

विराट कोहलीको शानदार दोहोरो शतकपछि रविचन्द्रन आश्विनले ६ विकेट लिएर इंग्लेण्डलाई कमजोर बनाइदिएका थिए ।  म्याचको चौथो दिन पनि भारतीय टोलीले पाहुना टोली इंग्लेण्डमाथि दबाब काम राखेको थियो । भारतीय टोलीका कप्तान कोहलीको दोहोरो सतक र जयन्त यादवको शतकको मद्दतमा भारतले पहिलो पारीमै ६ सय ३१ रन बनाएर इंग्लेण्डमाथि २ सय ३१ रनको अग्रता हाँसिल गर्यो र इंग्लेण्डले त्यस्तो विशाल स्कोरको जवाफ दिन सकेन ।
चौथो दिनको खेल सकिँदासम्म इंग्लेण्डले १ सय ८२ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो र भारतभन्दा ४६ रनले पछि परेको थियो । भारतका कम्पतान कोहलीले ३ सय ४० बलको सामना गर्दै २५ चौका र १ छक्काको मद्दतबाट २ सय ३५ रनको पारी खेलेर भारतलाई यस म्याचमा बलियो पारेका हुन् ।
इंग्लेण्डको दोश्रो पारीमा जोय रुटबाहेक अन्य ब्याट्सम्यान भारतीय खेलाडीको सामु टिक्न सकेनन् । पहिलो पारीमा शतक बनाएका किटान जेनिङग्स खाता पनि नखोली आउट भए । त्यस्तै पहिलो पारीमा अर्धशतक बनाएका मोइन आली पनि शून्य रनमै आउट भए । पहिलो पारीमा ६ विकेट लिएका भारतका रविचन्द्रन आश्विनले दोश्रो पारीमा पनि ६ विकेट नै झारिदिए । दोहोरा शतक बनाएका कप्तान कोहली म्यान अफ द म्याच घोषित भए ।


प्रतिक्रिया

सम्बन्धित समाचार