काठमाण्डौ
मंसिर २६
सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सदस्यहरुले सम्पत्ती विवरण नबुझाएको आरोप लागि रहेको बेला आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण वेबसाइटमार्फत् सार्वजनिक गर्नेछ । सार्वजनिक पद धारण गरेकाहरुले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने भएपनि सरकार गठन भएको चार महिना वित्दा पनि सम्पत्ति विवरण सार्वजनिक भएको छैन । साथै डा.गोविन्द केसीसँग भएको सम्झौताहरुलाई मन्त्रीपरिषद्को बैठकले अनुमोदन गर्ने निर्णय गरेको छ । यसैगरी,सरकारले सहसचिव डा. सुरोज पोखरेललाई सचिवमा बढुवा पनि गरेको छ ।
