सरकारी हाकिमहरु आफ्नो कामप्रति आफै ढ्याऊ गर्दै !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २४ शुक्रवार १६:०४ बजे

सरकारी हाकिमहरु आफ्नो कामप्रति आफै ढ्याऊ गर्दै !

काठमाण्डौ
मंसिर २४

पुनःनिर्माणमा चुनौती र समस्या हुँदाहुँदै निजी आवास अनुदान सम्झौता, अनुदान वितरण र ग्रामीण खानेपानी लगायत कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको सरोकारवाला निकायले जनाएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, सम्बन्धित क्षेत्रगत मन्त्रालय र अन्तर्गतका निकायबाट सञ्चालन भइरहेका पुनःनिर्माण, पुनःस्थापना एवम् जीविकोपार्जनसम्बन्धी कार्यक्रमको चालु आर्थिक बर्ष २०७३÷७४ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकका सहभागीले यस विषयमा जोड दिएका हुन् । बैठकका सहभागीले समयमा कार्यक्रम स्वीकृति, बजेट निकासा, प्राविधिक जनशक्तिलाई कार्य क्षेत्रमा राखी राख्ने वातावरण सिर्जना, नयाँ विषयमा आउने नीतिगत समस्या, परिणाममुखी कार्य सम्पादनलगायत चुनौती रहेकाले देखापरेका समस्यालाई छिटो हल गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको क्षेत्रमा एउटा चरणको उपलब्ध हासिल गरिसकेको बताउँदै निर्देशक समितिको बैठकबाट स्वीकृत कार्यक्रम र कार्य योजनाअनुसार काम अघि बढाउन सम्बन्धित एकाइ, मन्त्रालय तथा निकायलाई निर्देशन दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार