काठमाण्डौ
मंसिर २३
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
कैलालीको गेटामा आज आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले स्थानीय निकायको निर्वाचन नयाँ संरचनामा सहमति नभए पुरानै संरचनाका आधारमा हुने बताउनुभयो । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सकेसम्म नयाँ बन्ने संरचनाअनुसार चुनाव गर्ने तयारी भइराखेको प्रष्ट पार्नुभयो । कार्यक्रमा उहाँले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता नहुने पनि दोहा¥याउनुभएको छ ।
