पहिलो पटक ब्याट उचालेका केटिनले भारतलाई कुट्नु कुटे !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २३ बिहीवार १८:४७ बजे

पहिलो पटक ब्याट उचालेका केटिनले भारतलाई कुट्नु कुटे !

काठमाण्डौ
मंसिर २३
[highlight]ओपनर व्याट्सम्यान केटिन जेनिंग्सले डेब्यु खेलमै शतक बनाए[/highlight]पछि भारतविरुद्धको चौथो टेस्ट क्रिकेटमा इंग्ल्याण्डले गतिलो शुरुवात गरेको छ ।

मुम्बईमा टस जितेर पहिले व्याटिङ गरेको उसले ९२ ओभरको खेल सकिदा ५ विकेटको क्षतिमा २ सय ८८ रन जोडेको छ । पहिलो दिनको खेलमा इंग्ल्याण्डका ओपनर व्याट्सम्यान केटिन जेनिङ्सले आफ्नो डेब्यु खेलमै शतक बनाए । २ सय १८ बलको सामना गरेका उनले १३ चौकाको मद्धतमा १ सय १२ रन बनाएका हुन । उनी डेब्यु खेलमै शतक बनाउने इंग्ल्याण्डका १९ औँ व्याट्सम्यान हुन । यस्तै मोइन अलिले अर्धशतकीय पारी खेलेर ५० रन बनाए भने कप्तान एलिस्टर कुक ४६ र जोय रुट २१ रनमा आउट भए । क्रिजमा रहेका बेन स्टोक्स २५ र जोश बटलर १८ रनमा नटआउट छन ।  भारतका रविचन्दन आश्विनले सर्वाधिक ४ र रविन्द्र जडेजाले एक विकेट लिएका छन । भोली इंग्ल्याण्डले ९२ ओभरबाट खेल शुरु गर्नेछ भने उसंग अझै ५ विकेट सुरक्षित छ ।

यसअघि भएका तीन टेस्टमा दुईमा जित निकालेको भारत पाचँ म्याचको श्रृङ्खलामा २–० ले अगाडी छ । जारी चौथो टेस्टमा पनि जित निकाले टेस्टको नम्बर एक टिम भारतले अन्तिम म्याच अगाडी नै श्रृङ्खलामाथी कब्जा जमाउनेछ ।

 


प्रतिक्रिया

सम्बन्धित समाचार