सांसदको जोड घटाउ गर्दै दलहरु,संशोधन प्रस्ताव मर्ला कि बाच्ला ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २२ बुधवार १३:४१ बजे

सांसदको जोड घटाउ गर्दै दलहरु,संशोधन प्रस्ताव मर्ला कि बाच्ला ?

काठमाण्डौ
मंसिर २२
संसदमा प्रतिनिधित्व गर्ने साना दललाई संविधान संशोधन प्रस्तावको पक्षमा ल्याउने प्रयासमा सत्तारुढ कांग्रेस र माओवादीले आज साना दलसँग छलफल गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहालले अनौपचारिक रुपमा साना दलका नेताहरुसँग छलफल गर्नुहुने छ भने कांग्रेस सभापति शेरबहादुर देउवाले अपराह्न साना दलका केही नेतासँग औपचारिक छलफल गर्ने बताइएको छ ।

राप्रपा, मधेसी मोर्चा, फोरम लोकतान्त्रिकका नेताहरुसँग सत्तामा हिस्सेदारीसहित छलफल गर्ने तयारी गरिएको देउवा निकट श्रोतले जनाएको छ । संविधान संशोधन प्रस्तावविरुद्ध प्रमुख प्रतिपक्षी एमालेले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेपछि सत्तारुढ कांग्रेस र माओवादी केन्द्र साना दललाई आफ्नो पक्षमा ल्याने प्रयासमा लागेका हुन् । संशोधनविरुद्ध कठोर देखिएका एमाले, माले, नेपाल मजदुर किसान पार्टी र जनमोर्चाबाहेक अन्य सबै दलसँग प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले छलफल गर्नुहुने छ ।
संसदमा एमालेको १ सय ८३, मालेको ५, नेमकिपा र जनमोर्चाको ३÷३ सिट छ । यो कुल ५ सय ९३ सदस्यीय संसदको एक तिहाइभन्दा कम संख्या हो । संसदमा दर्ता भएको संविधान संशोधन विफल पार्न संसदमा १ सय ९८ सांसदले साथ दिनुपर्छ । तर अहिले कडा रुपमा संशोधन प्रस्तावको विरोधमा देखिएका एमाले र अन्य तीन साना दलको कुल संख्या १ सय ९४ मात्रै छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार