काठमाण्डौ
मंसिर २१
पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई छुट्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन विद्येयकको बिरोधमा पश्चिमका विभिन्न जिल्लामा आज पनि विहानैबाट प्रर्दशन सूरु भएको छ । आजपनि रुपन्देही, गुल्मी, रोल्पा र प्यूठानमा पनि नाराबाजी भैरहेको छ ।
संविधान संशोधनको विरुद्ध संस्थागत निर्णय गरेको एमालेसहितका अरु दलका नेता कार्यकर्ता पनि आन्दोलनमा लागेका छन् ।सरकारले गएको मंगलबार साझ संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि भोलीपल्टदेखिनै आन्दोलन सूरु भएको थियो । त्यसयता बन्दकर्ताको अवरोधका कारण पूर्वपश्चिम र उत्तर दक्षिण सिद्धार्थ राजमार्गमा सवारी साधन चलेका छैनन् । शिक्षण संस्था, बजार, उद्योग व्यवसाय समेत ठप्प छन् । साँझ ५ बजेपछि छोटो दुरीका सवारी साधन चल्ने गर्ने भएपनि लामो दुरीमा भने यातायात अझै नखुलेको त्यहाँबाट हाम्रा सहकर्मीहरुले जनाएका छन् । पाल्पा सदरमुका तानसेनमा पनि बिरोध प्रदर्शन भएको हाम्रा सहकर्मीले जनाएका छन ।
अर्घाखाचीमा भने एकसाता लामो बन्द आजबाट खुलेको छ । बन्दका कारण अर्घाखाचीमामा रोकीएको विद्यालयको अर्धवार्षिक परिक्षा संञ्चालन भएको छ । विरोधकै क्रममा रुपन्देहीमा आमसभा आयोजना गरिएको छ । आमसभालाई नेकपा माओाबादी केन्द्रका हेडक्वाटर सदस्य मात्रीका यादवलगायतले संबोधन गर्ने कार्यक्रम छ । यस्तै सो सभालाई दलका नेता, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ ।
उता कपिलबस्तुमा संशोधन प्रस्तावको पक्ष र बिपक्षमा समेत प्रर्दशन हुने अवस्था आएपछि हिजोबाट स्थानीय प्रशासनले तौलिहवा बजारलाई निषेधित क्षेत्र घोषणा गरेको छ । तौलिहवा क्षेत्रमा अनिश्चित कालका लागि धर्ना जुलस वा कुनैपनि बिरोध प्रर्दशन गर्न रोक लगाईएको निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीले बताउनुभयो । त्यस्तै बर्दिया उद्योग वाणिज्य संघको आव्हानमा त्यापनि सदरमुकाम गुलरिया बजार बन्द आह््वान गरिएको छ ।
बन्दका कारण एक सातादेखि गुल्मीको जनजीवन कष्टकर बन्दै गएको छ । आन्दोलनकर्ताहरुले सदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रहरुमा नाराबाजीसहित प्रदर्शन गर्दै विरोधमा उत्रिएपछि जिल्लाका सम्पूर्ण उद्योग तथा कलकारखानाहरु एक सातादेखि ठप्प छन् । आन्दोलनकर्ताहरुले दिनहुँ जस्तै आज पनि जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय अगाडि धर्ना दिने कामलाई निरन्तरता दिएका छन् । त्यस्तै गाडीहरु सञ्चालन हुन सकेका छैनन् । विरोध प्रदर्शनका क्रममा केहीवेरपछि सदरमुकाम तम्घासमा जुलुस प्रर्दशन गरिने कार्यक्रम रहेको संयुक्त आन्दोलन संघर्ष समितिका संयोजक भुवन प्रसाद श्रेष्ठले बताउनुभयो ।
