काठमाण्डौ
मंसिर २०
श्रीलंकामा डिसेम्बर १३ देखी २४ सम्म हुने अण्डर १९ एसिया कप क्रिकेट प्रतियोगीताका लागि १९ सदस्यीय नेपाली टोलीको नाम घोषणा भएको छ ।
छनौट समीतिमा रहेका अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषदको एसिया क्षेत्रका अधिकृत वेंकटपथी राजु, मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोद दासले प्रारम्भीक टोलीमा परेका ५२ खेलाडीबाट सन्दिप लामिछानेको कप्तानीमा चार वैकल्पिकसहित १९ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । नेपाल क्रिकेट संघ क्यानले काठमाडौं, धनगढी, नेपालगञ्ज, विराटनगर, भैरहवा र कलैयामा सञ्चालन गरेको ट्यालेण्ट हण्टबाट छनौट गरेका ५२ खेलाडीबाट छनौट गरी अन्तिम १९ सदस्यीय टोलीको घोषणा गरेको हो । सो टोलीमा सन्दिप लामिछाने (कप्तान), मोहम्मद आसिफ शेख, रविन्द्र जंग शाही, आदिल खान, भीम सार्की, अनिल कुमार साह, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, सुवर्णाकार उराव, सन्दिप सुनार, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी, रोहित कुमार पौडेल, अविश कर्ण र वैकल्पिक खेलाडीमा शाहब आलम, किशोर महतो, बिक्रम भुसाल, सुशान्त थापा छनोटमा परेका छन ।
