रञ्जित रे घर जाउ,प्रचण्ड राजिनामा देउ भन्दै सडकमा युवा एमालेहरु !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २० सोमवार १५:२६ बजे

रञ्जित रे घर जाउ,प्रचण्ड राजिनामा देउ भन्दै सडकमा युवा एमालेहरु !

काठमाण्डौ
मंसिर २०
संविधान संशोधन प्रस्तावको विपक्षमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत दल निकट संगठनहरुले आज भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

15380382_1034093360053460_6061814599674972991_n

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गर्न भारतीय दूतावासले मधेसी दलका नेताहरुलाई बोलाएर दबाब दिएको आरोप लगाउँदै एमालेसहितका प्रतिपक्षी दलका कार्यकर्ताहरुले लैनचौरस्थित भारतीय दूतावास अगाडि विहान १० देखि १२ बजेसम्म प्रदर्शन गरेका हुन् ।भारतीय राजदूत रञ्जित रेले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गराउन मधेसी मोर्चाका नेताहरुलाई निर्देशन दिएर पदीय मर्यादा विपरित काम गरेको भन्दै त्यसको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो । एमालेसहितका दलका कार्यकर्ताहरुले भारतीय राजदूतलाई भारत फिर्ता पठाउन माग गरेका छन् ।

02

साथै उनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार भारतको इशारामा चलेको भन्दै प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार