राष्ट्रपति भण्डारीले दलहरुलाई करिब ३ घण्टा थुनेर यसो भनिन्, !सर्वदलीय बैठकको सारसंक्षेप


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १९ आइतवार २०:४४ बजे

राष्ट्रपति भण्डारीले दलहरुलाई करिब ३ घण्टा थुनेर यसो भनिन्, !सर्वदलीय बैठकको सारसंक्षेप

काठमाण्डौ
मंसिर १९
राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दलहरु मिलेर संविधान कार्यान्वयनमा जुट्न आग्रह गर्नुभएको छ । राष्ट्रपति निवासमा आज करिब ३ घण्टा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारी,प्रधानमन्त्री पुष्पकमल दाहाल,सभामुख ओनसरी घर्ती तथा संसदमा रहेका सबै राजनीतिक दलका शीर्ष नेताहरुबिच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको हो ।

meering

सो क्रममा  सत्तारुढ दलका नेताहरुले संविधान कार्यान्वयनको चरण निर्वाचन भएकाले विभिन्न तहको निर्वाचनमा जान संविधान संशोधन प्रस्ताव ल्याइएको भन्दै समर्थन गर्न अन्य दलहरुलाई आग्रह गरेका थिए । तर प्रतिपक्षी दलहरुले भने संविधान संशोधन प्रस्ताव परिमार्जन गरेर ल्याएमात्र स्विकार्न सकिने बताएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरुले भने संविधान संशोधनको औचित्य पुष्टि नभई संशोधन गर्न नहुने बताएका छन् । सर्वदलीय बैठकमा संशोधन प्रस्ताव जून रुपमा आएको छ,त्यसैलाई स्विकार गरेर जाने अवस्था नरहेको आफुहरुले बताएको बैठकपछि संघिय गठबन्धनका संयोजक समेत रहेका संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । साथै नेकपा मालेका महासचिव सिपी मैनालीले संविधान संशोधन प्रस्तावप्रति आफुहरुले आपत्ति जनाएको भन्दै सिमांकन फेरबदल गर्न रुपान्तरित संसदलाई अधिकार नरहेको बताएको जानकारी दिनुभएको छ । राष्ट्रपति भण्डारीले भने पछिल्लो राजनीतिक संक्रमणलाई सहमतिका आधारमा टुंग्याउन दलहरुलाई सुझाव दिनुभएको सितलनिवास स्रोतले जनाएको छ । संविधान संशोधन विधेयक सरकारले संसदमा दर्ता गरेपछि दलहरुबिच बढिरहेको ध्रुविकरण तथा सिमांकन हेरफेरको प्रस्तावप्रति मुलुकका विभिन्न क्षेत्रमा प्रर्दशन बढ्न थालेपछि राष्ट्रपति भण्डारीले चासो देखाउनुभएको हो । यसअघि पनि राष्ट्रपति भण्डारीले समसामयीक राजनीतिक अवस्थाबारे प्रधानमन्त्री,सभामुख तथा अन्य राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै आउनुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार