काठमाण्डौ
मंसिर १९
संविधान संशोधनको विषयलाई लिएर दलहरु विभाजीत बन्दै गएका बेला राष्ट्रपति विद्यादेवि भण्डारीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न भन्दै राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको आज अपराहन्न सर्वदलीय बैठक आव्हान गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष एवं प्रतिनिधिहरुलाई अपराहन्न ४ बजेअगाडी शीतल निवास आउन आव्हान गरिएको छ ।
सरकारले संसदमा संशोधन विधयेक दर्ता गरेलगत्तै प्रदेश नम्बर ५ का जिल्लाहरुमा जनप्रर्दशन बढेका छन् । उता मुख्य विपक्षी नेकपा एमाले लगायतका दलहरुले संसद अवरुद्ध गर्दै आइरहेका छन् । सर्वदलीय बैठकमार्फत राष्ट्रपति भण्डारीले दलहरुलाई सहमतिमा पुग्न आग्रह गर्नुहुने जनाईएको छ ।
