कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर माओवादी केन्द्र ! कि समयसान्दर्भिक ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १९ आइतवार १५:३१ बजे

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर माओवादी केन्द्र ! कि समयसान्दर्भिक ?

काठमाण्डौ
मंसिर १९
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले निर्वाचनका लागि आवश्यक तयारी तिब्र पार्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजि निवास लाजिम्पाटमा आज बिहान बसेको केन्द्रीय कार्यालय समितिको बैठकले आगामी स्थानीय तहको निर्वाचन लक्षित संगठनात्मक कार्ययोजना लगायतका विषयमा छलफल गरी निर्वाचनका लागि तयारी तिब्र पार्ने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता भुसालले राजनीतिक विषयमा बैठकमा छलफल नभएको स्पष्ट पार्नुभयो । सरकारले आगामी चैतको अन्तिम साता स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बेला निर्वाचनलाई नै केन्द्रित गरेर सङ्गठनात्मक संरचना एवम् नीति तथा कार्यक्रम तयार पार्ने तयारी गरिरहेको माओवादी केन्द्रले जनाएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले निर्वाचन केन्द्रित कार्ययोजना ल्याउने निर्णय गरेको हो । हिजो बसेको केन्द्रीय कार्यालय र पोलिटब्युरोको बैठकमा समेत निर्वाचनको मिति घोषणा गरेर जाने विषयमा नै छलफल भएकाले आज पुनःबस्ने पोलिटब्युरोको बैठकले त्यस सम्बन्धमा थप ठोस धारणा सार्वजनिक गर्ने छ । बैठकमा संविधान संशोधन प्रस्तावपछिको अवस्था र सरकारको कामकारबाहीका बारेमा समेत छलफल भएको थियो । पोलिटब्युरोको बैठक आज पुनः बस्नेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार