काठमाण्डौ
मंसिर १८
विश्व फुटबलको प्रशाशकिय निकाय फिफाले फिफा वर्ष उत्कृष्ट ३ पुरुष खेलाडिको नाम सार्वजनिक गरेको छ । जहाँ अर्जेन्टिनी कप्तान लियोनल मेसी, पोर्चुगिज स्ट्राईकर क्रिष्टियानो रोनाल्डो र फ्रान्सका एन्टोनी ग्रिजम्यान पर्न सफल भएका छन् ।

यसअघि फिफा र फ्रान्सको म्यागजिनले संयुक्त रुपमा विश्व वर्ष उत्कृष्ट खेलाडिलाई फिफा बलुन डिओर अवार्ड प्रदान गर्दै आएको थियो । तर यसै वर्ष फिफाले बलुन डोरसँगको सम्बन्ध तोडेपछि वर्षका उत्कृष्ट फुटबलरलाई फिफा र फ्रान्सको म्यागेजिनले भिन्दाभिन्दै अवार्ड प्रदान गर्ने भएको छ । यस अन्तर्गत फिफाले फिफा वर्ष खेलाडि प्रदान गर्न लागेको हो । यसअघि अर्जेन्टिनाका कप्तान तथा बार्सिलोनाका भरपर्दा फरवार्ड मेसिले फिफा बलुन डोर पाँच पटक जितेका छनभने पोर्चुगलका कप्तान तथा रियल मड्रिडका स्टार रोनाल्डोले सो अवार्ड ३ पटक हात पारेका छन् । विश्व उत्कृष्ट फुटबलर अवार्ड फिफा बलुन डोरमा १ दशकयता मेसी र रोनाल्डोको एक छत्र राज चल्दै आएको थियो । यस विचमा फ्रान्सका एन्टोनी ग्रिजम्यान भने पहिलो पटक फिफा उत्कृष्ट खेलाडिको अन्तिम ३ मा पर्न सफल भएका छन् ।
रोनाल्डोले २०१६ मा रियल मड्रिडलाई च्याम्पियन्स लिग र आफ्नो राष्ट्र पोर्चुगललाई पहिलो पटक युरोकप जिताउन महत्वपुर्ण भुमिका खेलेका थिएभने , मेसीले बार्सिलोनालाई स्पेनिस लालिगा र अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनलमा पु¥याउन मदत गरेका थिए । यस्तै ग्रिजम्यानले युरोकपमा सर्वाधिक गोल कर्ताबन्दै फ्रान्सलाई सेमिफाइनल सम्म पु¥याउन महत्वपुर्ण योगदान दिएका थिए । यस अवार्डको मुख्य प्रत्याशी रोनाल्डो र मेसीलाईनै मानिएको खेल विश्लेषकहरु बताउछन् । फिफाले सार्वजनिक गरेका उत्कृष्ट ३ खेलाडिलाई फिफा बलुन डोरमा जस्तो टोलि प्रशिक्षक, राष्ट्रिय टोलिको कप्तान र अन्तराष्ट्रिय संचारमाध्यमले भोट गर्न पाउने छैनन । यस फिफा वर्ष खेलाडिको अवार्डमा खेलकुद पत्रकारहरुले मात्र भोट गर्न पाउनेछन् । २०१६ फिफा वर्ष खेलाडी अवार्ड आगमाी २०१७ जनवरी ९ तारिखमा प्रदान गरिनेछ ।
