काठमाण्डौ
मंसिर १७
थाइल्याण्डमा जारी एसीसी महिला टि ट्वान्टि क्रिकेटको आफ्नो पाँचौ खेलमा पनि नेपाल पराजित भएको छ । आज विहान भएको खेलमा नेपाल साविक विजेता भारतसँग ९९ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

बैंककको एसियन इन्स्टिच्युट टेक्नोलोजी मैदानमा भएको खेलमा पहिले व्याटिङ गरेको भारतले पुरा ओभर खेल्दा ५ विकेटको क्षतिमा नेपालसामु १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर जवाफी व्याटिङमा नेपालले १६ दशमलव ३ ओभर खेल्दा मात्र २१ रन जोड्दै अलआट भएको हो ।
नेपालका लागि सरिता मगरले सर्वाधिक ६, करुणा भण्डारी, रुविना क्षेत्री र ज्योति पाण्डेले समान दुई÷दुई, रोशनी बोहोरा र सिता राना मगरले एक÷एक रन बाहेक अन्य खेलाडी शून्य रनमै आउट भएका थिए । यस्तै नेपालका लागि सरस्वती कुमारीले २, कप्तान रुविना क्षेत्री, करुणा भण्डारी र सरिता मगरले एक÷एक विकेट लिए ।
यसअघिपनि नेपाल पाकिस्तानसँग ९ विकेट, श्रीलंका र थाइल्याण्डसँग समान ८ विकेट, र बंगलादेशसँग ९२ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
