शेरबहादुर देउवा र राजेन्द्र महतोको अलग अलग दोहोरी !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १७ शुक्रवार १६:०४ बजे

शेरबहादुर देउवा र राजेन्द्र महतोको अलग अलग दोहोरी !

काठमाण्डौ
मंसिर १७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुने बताउनुभएको छ । आज बिहान मोरङको विराटनगर विमानस्थलमा कुराकानी गर्दै देउवाले संविधान संशोधन प्रस्ताव दलहरुकै सहमतिमा आएकाले पारित हुने दाबी गर्नुभयो ।

bhim-bahadur

प्रस्ताव पारित गर्नका लागि दलीय सहमति जुटाउन प्रतिपक्षी एमाले र मधेसी मोर्चासंग छलफल जारी राखिएको उहाँको भनाइ छ । मधेसी मोर्चाको माग अनुरुप नै संविधान संशोधन प्रस्ताव आएका कारण मोर्चा प्रस्तावको विरोधमा जान नहुने देउवाको भनाइ छ । उहाँले संविधान संशोधन प्रस्ताव र गर्न खोजिएको आन्दोलनका विषयलाई लिएर एमाले र मोर्चासंग छलफल गरिने बताउनुभयो । सबै दलहरुबीच सहमति भएमा पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन हुने उहाँले जानकारी दिनुभयो ।
यसैबिच, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यथास्थितिमा संविधान संशोधन प्रस्ताव पारित गरिएमा मधेसी मोर्चालाई मान्य नहुने बताउनुभएको छ । मोर्चाको मर्म र भावना विपरित प्रस्ताव पारित गरिएमा संघर्षको विकल्प नरहने उहाँको भनाइ छ । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग महतोले मोर्चाको माग पूरा गर्ने भन्दै ठगेर सरकारले एकलौटी हिसावमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको आरोप लगाउनुभयो । महतोले मागप्रति सकारात्मक नभए मोर्चाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने अवस्था आउन सक्ने संकेत गर्नुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार