सबैसँग हारेका नेपाली चेलीहरुले भोलि थाइल्याण्डसँग सिगुरी खेल्दै !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १५ बुधवार १५:३६ बजे

सबैसँग हारेका नेपाली चेलीहरुले भोलि थाइल्याण्डसँग सिगुरी खेल्दै !

काठमाण्डौ
मंसिर १५
थाइल्याण्डमा जारी एसिसी महिला एसिया कप क्रिकेटमा पाकस्तिानले बंगलादेशमाथी प्रभावशाली जित हात पारेको छ । आज बंैककमा भएको खेलमा बंगालादेशलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा तेश्रो जित हात पारेको हो । यसअघि उसले नेपाल र थाइल्याण्डलाई पराजित गरेको थियो ।

टस जितेर पहिले व्याटिङ गरेको बंगालादेशको महिला टोलीले १५ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ४४ रन जोडेको थियो । ४५ रनको सामान्य लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको पाकस्तिान ९  दशमवल  ५ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपाल पनि सहभागी प्रतियोगितामा भारत र पाकस्तिानलाई उपाधि दाबेदारका रुपमा हेरिएको छ । अहिलेसम्म भएका समुह चरणका तीनै खेलमा हार व्यहोरेको नेपालले भोली थाइल्याण्डसंग खेल्दैछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार