संविधान संशोधन दर्ता गर्न हतारिएको माओवादी केन्द्र फेरि अड्कियो,छलफल अझै गर्ने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १४ मंगलवार १५:४२ बजे

संविधान संशोधन दर्ता गर्न हतारिएको माओवादी केन्द्र फेरि अड्कियो,छलफल अझै गर्ने

काठमाण्डौ
मंसिर १४
नेकपा (माओवादी केन्द्र)ले संविधान संशोधन प्रस्तावमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पोलिटब्यूरो बैठकले संविधान संशोधनका सवालमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको हो ।

dsc0188-848x478

बैठकको निर्णयबारे जानकारी दिदै नेता अग्नि सापकोटाले बैठकले संविधान संशोधनका बारेमा राष्ट्रिय सहमतिको प्रयासलाई जारी राख्ने निर्णय गरेको बताउनुभयो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनबारे दलहरुबीच भएको छलफल र प्रगतिबारे नेतालाई जानकारी गराउनुभएको थियो । नेता सापकोटाका अनुसार हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रमुख दलका शीर्ष नेताले गरेको छलफल सकारात्मक भएकाले संविधान संशोधनका लागि राष्ट्रिय सहमति जुट्ने विश्वास माओवादीले लिएको छ ।

संविधान संशोधन प्रस्तावलाई राष्ट्रिय सहमतिका साथ अगाडि बढाउने निर्णय गर्दै बैठक भोलि पुनः बस्नेगरी स्थगित भएको नेता सापकोटाले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार