कांग्रेसबाट १० जना राज्यमन्त्री बनेर सिंहदरबार छिर्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १४ मंगलवार १५:४० बजे

कांग्रेसबाट १० जना राज्यमन्त्री बनेर सिंहदरबार छिर्दै

काठमाण्डौ
मंसिर १४
नेपाली कांग्रेसले आफ्नातर्फबाट १० जना राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । सभापति शेरबहादुर देउवाले सिफारिस गरेका १० जना राज्यमन्त्रीहरुको नाम उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउनुभएको हो ।

कांग्रेसबाट दीर्घ्सिंह भाट (भौतिक योजना तथा यातायात), सीताराम मेहता (वन), तारामान गुरुङ (स्वास्थ्य), सुरेन्द्र आचार्य (सिंचाई), सुवर्ण ज्वारचन (शहरी विकास) राज्यमन्त्री बन्दैछन् ।यसैगरी इन्द्र बानियाँ (पर्यटन), दिलिप गच्छदार (श्रम), दीपक खड्का (खानेपानी तथा सरसफाई), कञ्चन वादे (उद्योग) र मिठु मल्ल (वाणिज्य) राज्य मन्त्री बन्नेछन्। कांग्रेसले सिफारिस गरेका राज्य मन्त्रीको सपथ ग्रहण भोलि हुने स्रोतले जनाएको छ । सभापति देउवाले आफ्नो पक्षबाट पाँच, बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट तीन र खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौला पक्षबाट १–१ जनालाई समेटेर राज्यमन्त्रीका लागि नाम सिफारिस गर्नुभएको हो । राज्य मन्त्री बन्न धेरैले आकंक्षा देखाएपछि सभापति देउवाले यसअघि नेविसंघ र तरुण दलको महाधिवेशनपछि मात्रै कांग्रेसबाट सरकारमा पठाउने राज्यमन्त्रीको नाम टुंगो लगाउने बताउनुभएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार