शक्तिशाली देशलाई धुलो चटाउने भन्दै गएका नेपाली चेलीहरु डरलाग्दो झापड सहदै !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १३ सोमवार १५:३२ बजे

शक्तिशाली देशलाई धुलो चटाउने भन्दै गएका नेपाली चेलीहरु डरलाग्दो झापड सहदै !

काठमाण्डौ
मंसिर १३
थाइल्याण्डमा जारी टी–ट्वान्टी महिला एसिया कप क्रिकेटको दोश्रो खेलमा पनि नेपाल पराजित भएको छ । आज दिउँसो भएको खेलमा नेपाल श्रीलंकासंग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । यसअघि पहिलो खेलमा नेपाल पाकस्तिानसंग ९ विकेटले पराजित भएको थियो ।

09102016055005cricket2-1000x0

टस हारेर पहिले व्याटिङ गरेको नेपालले १६ दशमलव २ ओभरमा सबै विकेट गुमाएर मात्रै २३ रन जोड्दा अलआउट भएको थियो । नेपालकी ज्योती पाण्डेले १६ र सरिता रानामगरले ४ रन जोड्नुबाहेक अन्य ८ जना
व्याट्सवुमन खाता नखोली आउट भएका थिए । २४ रनको झिनो लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको श्रीलंकाले ४ दशमलव ३ ओभरमा मात्रै २ विकेट गुमाएर २४ रन बनाउँदै लक्ष्य पुरा गर्यो । उसका हासिनी परेराले सर्वाधिक १७ र यशोदा मेण्डिजले ४ रन बनाइन । नेपालकी कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए । नेपालले अब भोली बंगलादेशको सामना गर्नेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार