राप्रपा सांसदहरुको नेता कमल थापा,त्यसपछि दिपक बोहोरा !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १२ आइतवार १५:४७ बजे

राप्रपा सांसदहरुको नेता कमल थापा,त्यसपछि दिपक बोहोरा !

काठमाण्डौ
मंसिर १२
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष कमल थापा निर्विरोध निर्वािचत हुनुभएको छ ।

यसैगरी संसदीय दलको उपनेतामा दीपक बोहोरा चुनिनुभएको छ । राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि संसदीय दलको नेता चयन गर्न आज विहान  राप्रपाको संसदीय दलको बैठक सिंहदरबारमा बसेको थियो । राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि पार्टीको नाम ‘राप्रपा’ राखिएको छ । एकतापछि राप्रपाको संसदमा ३७ सिट भएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार