काठमाण्डौ
मंसिर ७
संविधान संशोधन प्रस्तावका विषयमा छलफल गर्न सरकारले संयुक्त लोकतान्त्रीक मधेशी मोर्चासंग छलफल गर्दै छ । अहिलेसम्म समय तय नभएपनि साझसम्म मोर्चाका नेतासंग प्रधानमन्त्रीले छलफल गने तयारी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संघीय गठबन्धनमा आबद्ध मधेसी मोर्चाको असहमतिका बाबजुत सत्ता पक्षले संविधान संशोधनको विधेयक अघि बढाउन लागेको भन्ने चर्चा चलिरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चासंग छलफल गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री दाहाल आज काठमाडौ विश्वविद्यालयको दिक्षान्त समारोहको लागी काभ्रे र ताप्लेजुङमा एक कार्यक्रममा सहभागी भएर फर्कीएपछी साझ सम्ममा मोर्चाका नेताहरुसंग छलफल हुने उहाका प्रेस सल्लाहकार गाविन्द आचार्यले जानकारी दिनुभयो । सरकारले ल्याउन लागेको संविधान संशोधनको चार बुँदे अन्तर्वस्तुमा मोर्चाका नेताहरु पनि सहमत छैनन् । संशोधनका लागि सरकारले तयार गरेको प्रस्तावित विधेयकमा सहमति नजनाए पनि मोर्चाका नेताहरुले विधेयक दर्ता गराउन भने सत्तापक्षलाई घच्घचाइरहेका छन् । विधेयक दर्ता गराएपछि छलफलबाट सहमति निकाल्न सकिने भन्दै मोर्चाका नेताहरुले एमाले तयार नभए पनि तत्काल विधेयक दर्ता गराउन आग्रह गर्दै आएको छन् । सत्तापक्ष र मोर्चाविचको बैठकमा यिनै विषय समाधानका विकलपबारे छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
यसअघि १५ दिनको अल्टिमेटम भित्र संशोधन प्रस्ताव दर्ता नभए आन्दोलनमा जाने मोर्चाले सरकारलाई चेतावनी दिईसकको छ । हिजो भएको काग्रेस, एमाले माओबादीविचको बैठकमा एमाले संविधान संशोधनको पक्षमा उभिन नमानेपछि सत्तारुढ दलहरु संविधान संशोधनको विधेयक एकतर्फी रुपमै दर्ता गराउने टुंगोमा पुगेका छन् ।
