काठमाण्डौ
मंसिर ६
संविधान संशोधनबारे सहमति जुटाउन बसेको प्रमुख ३ दलको बैठक निष्कर्षबिहिन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा संविधान सशोधनको विषयमा छलफल भएपनि ठोस सहमति हुन सकेन । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुल्े सहमतिबिना संशोधन प्रस्ताव दर्ता गराए विरोध गर्ने चेतावनी दिएका छन् । एमालेको सहमतिमै संशोधन प्रस्ताव दर्ता गर्ने प्रयासस्वरुप बसेको सत्तारुढ माओवादी केन्द्र ,कांग्रेस र प्रतिपक्षी एमालेको बैठकमा कुनै सहमति नभएपछि अब मधेसकेन्द्रित दलहरुसँग छलफल गरेर संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सत्तारुढ दलहरुले मनस्थिती बनाएका छन् । आजको छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, ने.क.पा. (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, एमालेबाट माधवकुमार नेपाल, बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षामान पुन लगायतका नेताहरु सहभागी थिए ।
