आज प्रचण्ड,ओली र देउवाले एकैठाउँ भेला भएर चिया खादै !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ६ सोमवार १४:२५ बजे

आज प्रचण्ड,ओली र देउवाले एकैठाउँ भेला भएर चिया खादै !

काठमाण्डौ
मंसिर ६
संविधान सशोधनको विषयमा छलफल गर्न प्रमुख दलहरुको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा साझ ५ बजे काग्रेस, एमाले र माओबादी केन्द्रको बैठक बस्न लागेको हो ।

यसअघि पनि संविधान सशोधनको विषयमा पटक पटक छलफल भएपनि आजको बैठकबाट भने विषय केन्द्रित छलफल गर्ने र छिटो दलीय सहतिको प्रयास हुने नेताहरुले बताएका छन् । सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न कात्तिक मसान्तभित्रै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताउँदै आए पनि प्रमुख दलबीच सहमति नजुट्दा विषयमा अलमल देखिएको छ । प्रमुख विपक्षी एमाले सकारात्मक नदेखिएपछि प्रस्ताव उसको समेत सहमतिमा अघि बढाउने कि नबढाउने विषयमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्रमै अलमल देखिएको छ ।
दलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजोको पार्टी स्थायी समितिको बैठकको निर्णय सुनाउने तयारी गर्नुभएको सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो । हिजो बसेको एमालेको स्थायी समिति बैठकले संविधान सशोधन प्रस्ताव अस्विकार्य हुने भन्दे प्रतिवाद गर्ने निर्णय गरेको थियो ।  प्रतिपक्षी एमालेको समर्थनबिनै संशोधन प्रस्ताव अघि बढाउने तयारी सत्तापक्षले गरेपछि एमालेले त्यसबारे आफ्नो धारणा स्पष्ट पारेको हो । संविधान कार्यान्वयनमा ध्यान नदिइकन संशोधन मात्र गर्दै जाने कुराले मुलुकलाई बर्बादीतर्फ लैजाने एमाले बैठकको निष्कर्ष छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार