काठमाण्डौ
मंसिर ४
ऊर्जामन्त्री जनार्दन शर्माले जिल्लालाई पनि लोडसेडिङमुक्त बनाउने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल चितवनद्धारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले त्यसका लागि अध्ययन भइरहेको बताउनुभयो । उहाँले छिट्टै जिल्लालाई पनि क्रमशः लोडसेडिङमुक्त बनाउँदै जाने बताउनुभयो । चुहावट नियन्त्रणका लागि व्यवस्थापनको समस्या रहेको भन्दै त्यसलाई पनि सुधार गर्दै आफू अगाडि बढेको उहाँले उल्लेख गर्नु भयो ।
उहाँले अधिक माग हुने समयमा उद्योगलाई दुई घन्टा लोडसेडिङ गर्दा आमजनतालाई विद्युत् दिन सकिने अवस्था रहेको बताउँदै मन्त्री शर्माले त्यसका लागि गृहकार्य थालिएको बताउनुभयो ।
