काठमाण्डौ
मंसिर ४
नेपाली राष्ट्रिय फुटबल टोली र जापानको टिमबीच अहिले मैत्रीपूर्ण खेल भइरहेको छ ।
नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्ष गाठका अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा नेपालले जितका लागी संघर्ष गरिरहेका छन । एन्फा कम्पलेक्स सातदोबाटोमा भइरहेको खेलको पहिलो नेपालले जापानलाई निरन्तर दिएपनि गोल गर्न भने सकेको छैन । विराज महर्जनको कप्तानीमा उत्रिएको नेपालको स्ट्राइकरमा नवयुग श्रेष्ठ र भरत खवास छन भने विमल घर्तीमगर आक्रामक स्ट्राइकिङको भूमिकामा छन । दर्शकले खचाखच भइरहेको दशरथ रंगशालामा भइरहेको मैत्रीपूर्ण खेल हेर्न खेलकुदमन्त्री दलजित श्रीपाइलीलगायतका फुटबल सरोकारवाला पनि एन्फा कम्पलेक्स पुग्नु भएको छ । खेलबाट उठेको रकम २०७२ साल बैशाख १२ को भूकम्पबाट पिडितहरुलाई सहयोग गरिने एन्फाले जनाएको छ ।
