होङको भनाईअनुसार चीनले नेपाललाई माया गरिरहने !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ३ शुक्रवार १६:३४ बजे

होङको भनाईअनुसार चीनले नेपाललाई माया गरिरहने !

काठमाण्डौ
मंसिर ३
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध रहेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयमा आज चिनियाँ राजदूत यू होङसँगको शिष्टाचार भेटवार्ताका क्रममा उहाँले नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने दृढता व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री महराले असल छिमेकी र मित्रको हिसाबले पनि नेपालले चीनको चासो र अपेक्षालाई सम्बोधन गर्ने बताउँदै नेपालको विकासका लागि चीन सरकारबाट उपलब्ध भएको सहयोगप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।

सो अवसरमा राजदूत होङले नेपालको विकास र समृद्धिमा चीन सरकारको तर्फबाट उपलब्ध भइरहेको सहयोग निरन्तर रहने तथा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार