काठमाण्डौ
मंसिर १
संविधान संशोधनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा करिब ४५ मिनेट भएको कुराकानी सकारात्मक रहेको भेटपछि प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।
संविधान संशोधनको विषयमा सकारात्मक रुपमा कुराकानी भएको उहाँले बताउनुभयो । मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव १५ दिनभित्र व्यवस्थापिका–संसदमा प्रस्तुत गर्न प्रधानमन्त्री दाहाललाई ‘अल्टिमेटम’ दिएपछि सो विषयमा सहमति जुटाउन उहाँले सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेतृत्वबीच कुराकानी तीव्र बनाइरहनु भएको छ । साथै, मधेसी मोर्चाले सरकारलाई संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन दबाब दिन व्यवस्थापिका–संसद्को बैठकसमेत बहिष्कार गर्दै आएको छ ।
