नेपालले जित्यो, मकाउलाई हराउदै अन्तराष्ट्रिय उपाधीमा नेपालको ह्याट्रिक


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ३० मंगलवार १९:१७ बजे

नेपालले जित्यो, मकाउलाई हराउदै अन्तराष्ट्रिय उपाधीमा नेपालको ह्याट्रिक

natioanl-team-training-in-kuching-581d5c13c61675-49285655

कात्तिक ३०
एएफसी सोलिडारिटी कपको उपाधि नेपालले जितेको छ । मलेसियाको कुन्चिङस्थित सारबाक रंगशालामा सवाँ ५ बजेबाट शुरु फाइनल खेलमा नेपालले मकाउलाई १–० ले हराएको हो ।

नेपालका लागी खेलको २९ औँ मिनेटमा सुजल श्रेष्ठले पहिलो गोल गरेका हुन् । भरत खवासले दिएको पासमा उनले उत्कृष्ट हेड गोल गरेका हुन । आजको फाइनल जितेसँगै वर्तमान राष्ट्रिय फुटबल टोलीले यही बर्ष बंगबन्धु गोल्डकप, सागको स्वर्ण सहित सोलिडारिटी कप जितेर उपाधिमाथी ह्याट्रिक गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार