काठमाण्डौ
कात्तिक ३०
रौतहट सदरमुकाम गौरको जिल्ला विकास समितिको कार्यालय अगाडि मधेसी मोर्चा र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बैठकमा भाग लिन जिल्ला पुगेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालको विरोधमा मोर्चाका कार्यकर्ता नारावाजीमा उत्रिएसँगै मोर्चा र एमालेका कार्यकर्ताबीच झडप भएको हो । जिविसको बैठक सुरु भएपछि मेधेशी मोर्चाका कार्यकर्ताले नेता नेपाललगायत एमाले सांसदहरुको विरोधमा नारावाजी सुरु गरेका थिए । आफ्ना नोताको समर्थनमा जवाफी नारावाजीमा एमाले कार्यकर्ता उत्रिएपछि दुई पक्षबीच भडप भएको हो । मोर्चाका ६ नेता कार्यकर्तालाई नियन्त्रणमा लिएपछि स्थित सामान्य बन्दै गएको रौतहटका इन्सपेक्टर विरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो ।
