काठमाण्डौ
कात्तिक २९
हिजो बन्द सत्र हुरु भएको काग्रेस भातृसंगठन तरुण दलको नयां नेतृत्व आज चयन हुदै छ । दश वर्षपछि शुरु भएको महाधिवेशनमा कांग्रेस नेताहरुले सकेसम्म आज साझसम्म भागवण्डाबाट नेतृत्वका चयनको प्रयास गर्नेछन् ।
वन्दसत्रमा अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन पारित भएसँगै सर्वसम्वत नेतृत्व चयन गर्न पार्टीका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलाबीच पदाधिकारीमा भागवण्डाको पहल भइरहेको छ । अध्यक्षमा जीतजंग बस्नेत, उपाध्यक्षमा सिद्धार्थ कोइरालालाई ल्याउने तयारी भईरहेको काग्रेस नेताहरु बताउछन् ।
यस्तो भएमा सिटौला पक्षलाई एक उपाध्यक्ष दिइने छ । नेताहरुले नेतृत्व भागवण्डा गर्न लागेकामा लामो समय तरुण राजनीतिमा लागेकाहरुले भने असहमति जनाएका छन् । संगठनलाई गतिशिल बनाउन र लोकतान्त्रिक विधि अनुसार अगाडी बढाउन नयाँ नेतृत्व निर्वाचनबाटै छानिनुपर्ने उनीहरुको माग छ ।
