महत परराष्ट्रमन्त्री न परे, कुदेका कुदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक १० बुधवार १६:०२ बजे

महत परराष्ट्रमन्त्री न परे, कुदेका कुदै

काठमाण्डौ
कात्तिक १०
दुई पक्षिय मामिलाका समग्र विषयमा देखिएका समस्या   समाधानको लागी गठन गरिएको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्री  प्रकाशशरण महत आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । उहा साढे १० बजे त्यसतर्फ जानुभएको हो ।

भारतको नयाँदिल्लीमा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा आज सचिवस्तरिय छलफल हुने  छ । भोली मन्त्री स्तरिय बैठक हुने छ । बैठकमा नेपालका तर्फबाट मन्त्री  महतले प्रतिनिधित्व गर्नुहुनेछ ।
बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुने परराष्ट्रमन्त्रालयले जनाएको छ । बैठकमा आफूले नेपालको राष्ट्रिय स्वार्थका विषयमा विगतका सम्झौता र आयोजनाहरुको कार्यान्वयनका लागि कुरा उठाउने मन्त्री महतले बताउनुभएको छ । बैठकमा नेपाल–भारतबीचका विभिन्न समयमा भएका सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनका बारेमा बृहत् समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा छलफल पनि हुनेछ । मन्त्री महत आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार