चीन र भारतलाई मैले नजिक पारेको हुँ– प्रचण्ड


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक १० बुधवार १५:५३ बजे

चीन र भारतलाई मैले नजिक पारेको हुँ– प्रचण्ड

काठमाण्डौ
कात्तिक १०
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर चुनावको मिती घोषणा गर्नेतर्फ सरकार क्रियासिल रहेको बताउनुभएको छ ।

आज पर्वतको प्रतिनिधीमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले दलहरु संविधान संशोधनको अन्तिम तयारीमा रहेको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि सरकार क्रियासिल तथा इमानदार रहेको भन्दै संविधान संशोधनबारे रहेको विवाद घट्दै गएको बताउनुभयो । एक प्रसंगमा प्रधानमन्त्री दाहालले आफु नेतृत्वको सरकारले नेपाल भारत र चिनबिचको सम्बन्ध नयाँ उचाईमा पु¥याएको दाबी गर्नुभयो । नेपालको विकासका लागि छिमेकी मुलुकसँगको सम्बन्ध हार्दिक र मैत्रीपूर्ण हुनु ऐतिहासिक उपलव्धी भएको उहाँको भनाई छ । आफुले सरकारको नेतृत्व गरेको कतिपयलाई मन नपरेको भन्दै प्रधानमन्त्री दाहालले आफुले जति राम्रो काम गरेपनि गलत प्रचार गर्नेहरु रहेको बताउनुभयो ।

सो क्रममा उहाँले सरकारलाई गरिबको पक्षमा फर्काउन खोजेको भन्दै स्थानीय समस्यालाई सरकारले ओझेलमा पर्न नदिने बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार