संसदमा लोकमानबारे सांसदले ढ्याङ्ग्रो ठोक्दै जोखाना हेर्न सुरु गरे !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ९ मंगलवार १७:०३ बजे

संसदमा लोकमानबारे सांसदले ढ्याङ्ग्रो ठोक्दै जोखाना हेर्न सुरु गरे !

काठमाण्डौ
कात्तिक ९
व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की्विरुद्ध पेश भएको महाअभियोगको प्रस्तावमाथि छलफल सुरु भएको छ । संसद् बैठकमा माओवादी केन्द्रका सांसद् महेन्द्रबहादुर शाहीले प्रस्ताव पेश गरेपछि छलफल सुरु भएको हो ।

प्रस्ताव प्रस्तुत गर्दै सांसद शाहीले अख्तियार प्रमुख कार्कीले व्यवस्थापिका,कार्यपालिका र न्यायपालिकाको कामकारबाहीलाई प्रभावित पार्दै लोकतन्त्रभन्दा माथी हुन खोजेकाले महाअभियोग प्रस्ताव दर्ता गरेको बताउनुभयो । उहाँले अख्तियार प्रमुख भएर कार्की स्वयमले अख्तियारको दुरुपयोग गरेकाले संविधानको व्यवस्थाअनुसार कार्कीलाई पदमुक्त गर्न सबै सांसदलाई सहयोगका लागि उहाँले आग्रह गर्नुभयो । त्यसपछि प्रस्तावको समर्थकका रुपमा संसदमा बोल्दै एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले लोकमानले समानान्चर सरकार चलाउन लागेको आरोप लगाउदै सर्वोच्च अदालतले पठाएका तामेलदारमाथी हुलहुज्जत गरिनु न्यायालयमाथीको अवहेलना भएको बताउनुभयो । प्रस्तावका प्रस्तावक र समर्थकले आफ्नो धारणा राखिसकेपछि विभिन्न राजनीतिक दलका सांसदहरुले प्रस्तावमाथी आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।
यसैबिच, अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथी समर्थन गर्दै स्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस सांसद गगन थापाले महाअभियोग प्रस्ताव पारित गर्न सवैलाई अपिल गर्नुभएको छ । थापाले सत्तासाझेदार दलसँग छलफल नै नगरी संसदमा प्रस्ताव दर्ता भएपनि अख्तियार प्रमुख कार्कीले पदीय मर्यादाविपरीत काम गरेकाले महाअभियोग प्रस्ताव पारित गर्नु पर्ने बताउनुभयो । उहाँले महाअभियोग प्रस्ताव कार्कीसँगमात्रै नभई आम नेपालीको स्वाभिमानसँग जोडिएको विषय भएको बताउदै प्रस्तावले सवै दललाई एक ठाउँमा उभ्याउने दाबी गर्नुभयो । संसदमा महाअभियोग प्रस्तावमाथी धारणा राख्दै एमाले सांसद् रवीन्द्र अधिकारीले अख्तियार प्रमुख कार्कीको नियुक्तिको बेला नै विवाद भएको तर नियुक्ति पछि पनि कार्कीले आफ्नो आचरण सुधार नगरेका कारण महाभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताउनुभएको छ । अख्तियार प्रमुखले संविधान र कानुनको अवहेलना गर्दै सर्वोच्च अदालतलाई समेत अवज्ञा गर्दै  कानुनको बर्खिलाप गरेको आरोप लगाउनुभयो ।

संसदमा बोल्दै राप्रपा नेपालकी सांसद कुन्तीकुमारी शाहीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोगबारे पार्टीले आफ्नो संसदीय दलको बैठकले निर्णय लिने बताउनुभयो । महाअभियोगको प्रस्तावबारे बोल्ने अधिकांश सांसदले लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार