काठमाण्डौ
कात्तिक ९
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको गोवामा आयोजना हुने एक सेमिनारमा भाग लिन जाने क्रममा दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
देउवा कात्तिक १९ गते दिल्लीमा उच्चस्तरिय भेट वार्ता गर्ने कार्यक्रम रहेको उहाको सचिवालयले जनाएको छ । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमा कांग्रेस अनिणिर्त भएका बेला देउवाको दिल्ली भ्रमण तय हुनुलाई महत्वका साथ हेरिएको छ ।१९ र २० गते गोवामा इण्डिया फाउण्डेशनले आयोजना गर्न लागेको एक अन्तराष्ट्रिय सेमिनारमा भाग लिन जाने क्रममा देउवाको दिल्लीमा पनि भेटघाट कार्यक्रम रहेको उहका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
कस कसलाई भेट गर्ने भन्ने विषयमा भने जानकारी गराईएको छैन । भारतीय राष्ट्रपति प्रणव मुखर्जी कात्तिक १७ गते नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको बताईएको छ । मुखर्जी फर्किएकै दिन देउवा दिल्ली जाने जनाइएको छ ।
