रातो कार्पेटमाथी टेकेर प्रचण्डले खुकुरीको धारमा हिड्नुपरेको गुनासो गरे


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १९:०४ बजे

रातो कार्पेटमाथी टेकेर प्रचण्डले खुकुरीको धारमा हिड्नुपरेको गुनासो गरे

काठमाण्डौ
कात्तिक ५
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू राजनीतिक दलहरुको घेराबन्दीमा परेको बताउनुभएको छ ।

आज नेकपा (माओवादी केन्द्र) र नेकपा माओवादी (विद्रोही) बीचको एकता सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले आफू विरुद्धको दलीय घेराबन्दीतर्फ संकेत गर्दै जटिल परिस्थितिकाबीच आफू खुकुरीको धारमा हिँडेको बताउनुभयो । एक प्रसंगमा उहाँले माओवादी केन्द्र र माओवादी आन्दोलनले शक्ति सञ्चय गरिरहेको बताउनुभयो । उहाँले नेपालमा राजनीतिक परिवर्तनहरु दिगो नहुँदै राजनीतिक पार्टीमा विचलन आउने गरेको स्मरण गर्नुभयो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले माओवादी आन्दोलनलाई पहिलो शक्तिको रुपमा स्थापित गर्ने र राष्ट्रलाई निकास दिने जिम्मेवारी आफ्नो काँधमा आएको समेत बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार