काठमाण्डौ
कात्तिक ५
हिजो काठमाडौँमा सुरु नेपाली कांग्रेसको केन्द्रीय समितीको बैठक आज पनि बस्दैछ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केहीवेरपछी बस्ने बैठकमा आज पनि अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावप्रति पार्टीको संस्थागत धारणा तय गर्ने विषयमा छलफल हुने बुझिएको छ ।
यसअघि हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले लोकमानले शाही शासनको जस्तो शैलीमा काम गरेको भन्दै महाअभियोग प्रस्तावको पक्षमा वकालत गर्नुभएको थियो भने अन्य केही केन्द्रीय सदस्य तथा सांसदहरुले पनि महाअभियोगको प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिएका थिए ।
आफु सहभागी सरकारको समीक्षा, संविधान संशोधन, स्थानीय तह पुनःसंरचनालगायत विकसित राजनितिक घटनाक्रमलगायतका विषयमा छलफल गर्ने कार्यसूची भएपनि हिजोको बैठकमा अख्तियारको निलम्बित प्रमुख आयुक्त लोकमानविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल भएको थियो ।
