कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै मोर्चालाई लोकमान काण्ड !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १२:४५ बजे

कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै मोर्चालाई लोकमान काण्ड !

काठमाण्डौ
कात्तिक ५
अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध लगाईएको महाअभियोगका बारेमा आफुहरुलाई कुनै जानकारी नभएको संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका नेताहरुले बताएका छन् ।
सत्तारुढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेले मिलेर ल्याएको महाअयोगको बारेमा आफूहरुसंग कुनै छलफल नभएको उनिहरुले बताएका हुन् । आफुहरुसंग एमाले माओबादीले अहिलेसम्म कुनै छलफल समेत नगरेकोले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव आफ्नो सरोकारको बिषय नभएको सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाले कर्णले बताउनुभयो । महाअभियोग पास गराउनका लागि दुई तिहाई बहुमत चाहिने हुदा संसदमा रहेका दलहरुसँग सल्लाह गरेर ल्याएको भए राम्रो हुने उहाले बताउनुभयो । उहाँले ११ सदस्यीय महाअभियोग सिफरिस समितिमा प्रमुख ४ दलले भागबण्डा गरेर निषेधको राजनीति गरेको आरोप लगाउनुभयो । उहाँले महाअभियोग प्रस्तावमा मतदान गर्ने अवस्था आए प्रक्रियामा सहभागी भएर मोर्चाले आफ्नो विवेक प्रयोग गर्ने उल्लेख गर्नुभयो ।

यसैबीच, हिजो व्यवस्थापिका संसद्मा पेश हुने भनिएको महाभियोग प्रस्ताव पेश नै नगरी संसद् बैठक पर्सी आइतबार सम्मलाई स्थगित भएपछी दलहरुले छलफल थालेका छन् । यस विषयमा आफ्नो पार्टीले मोर्चासंग पनि छलफल गर्ने तयारी रहेको कार्की विरुद्धको महाअभियोग प्रस्तावक माओबादी सांसद महेन्द्रवहादुर शाहीले बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार