लोकमानको अपमान भयो भन्दै कमल थापा ठुस्स !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ४ बिहीवार १८:२५ बजे

लोकमानको अपमान भयो भन्दै कमल थापा ठुस्स !

काठमाण्डौ
कात्तिक ४
राप्रपा नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई लगाईएको महाअभियोग प्रस्तावप्रति असन्तुष्टि जनाएको छ ।

राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले आज एक विज्ञप्ती जारी गर्दै कार्कीमाथि महाअभियोग लगाउने जस्तो गम्भीर र संवेदनशील बिषय राजनीतिक दलहरुका बीचमा पर्याप्त छलफल गरेर मात्र पेश हुनु पर्नेमा कुनै छलफल र परामर्श बिना त्यसो गरिएको भन्दै असन्तुष्टि जनाएको हो । विज्ञप्तीमा प्रस्तावको बिस्तृत अध्ययन गरेरमात्र पार्टीले यसबारे थप धारणा सार्वजनिक गर्ने बताईएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार